Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

सुनाखरी पैदलमार्गमा भित्रन थाले विदेशी पर्यटक

हेटौंडा : थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदलमार्गमा विदेशी पर्यटक आउन सुरु गरेका छन् । सुनाखरी पैदलमार्गको नक्सा सार्वजनिक भएको केही समयपछि नै अमेरिका, युरोप र अस्ट्रेलियाका २१ जना पर्यटकले उक्त मार्गको भ्रमण गरेका हुन् ।२०८२ भदौ १७ गते सुनाखरी पैदलमार्गको नक्सा सार्वजनिक गरिएको थियो ।

थाहा नगरपालिका क्षेत्र सुनाखरीको विविधताका दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यस क्षेत्रमा पाइने सुनाखरीको प्राकृतिक विविधता, जैविक सम्पदा र पर्यटकीय सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्न थालेको छ । विशेषगरी यस मौसममा मात्रै यहाँ १५ प्रजातिका सुनाखरी फुलेको अवलोकन गर्न सकिन्छ । प्राकृतिक वनस्पति र जैविक विविधतामा रुचि राख्ने पर्यटकका लागि यो पैदलमार्ग आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना देखिएको छ । मकवानपुरको भैँसेदेखि थाहा नगरपालिका चित्लाङसम्म १ सय ५० प्रजातिका सुनाखरी पाइन्छन् । विविध प्रजातिका सुनाखरी सिमभञ्ज्याङ र दामन क्षेत्रमा रहेका छन् ।

वनस्पति विज्ञ डा. भक्तबहादुर रास्कोटीको नेतृत्वमा आएको २१ सदस्यीय विदेशी पर्यटक टोलीले चित्लाङदेखि सिमभञ्ज्याङसम्मको सुनाखरी पैदलमार्गको सोमबारदेखि बुधबारसम्म भ्रमण गरेको थियो । भ्रमण टोलीलाई सिमभञ्ज्याङमा थाहा नगरपालिका–४ का वडाध्यक्ष नारायण लामा, करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विनोद लामा, एभरेस्ट क्लबका अध्यक्ष शिवकुमार खत्री तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट