काठमाडौं : नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ ।
यस्तै, उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन् । सचिवमा पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले जानकारी दिएका छन् । सभापतिमा चयन भएका जोशी १४ औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए । उनी अमरगढी नगरपालिकाका मेयर पनि हुन् ।
पछिल्लो समय उनलाई देउवा समूहले डडेलधुराको संयोजक बनाएर अधिवेशन प्रक्रिया अघि बढाएको थियो । चुनदेवीका अनुसार प्रदेश ‘क’ को सभापतिमा तारा खड्का र ‘ख’ को सभापतिमा भोजराज भट्ट सर्वसम्मत चयन भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij