Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

फिल्म ‘रामायण’ ले पहिलो दिनमै कमायो ६५ करोड

फिल्म ‘रामायण’ ले पहिलो दिनमै कमायो ६५ करोड

मुम्बई : रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ ले पहिलो दिन ६४.८५ करोड भारुको नेट कलेक्सन गरेको छ । बलिउड मिडियाका अनुसार यो सन् २०२६ को दोस्रो ठुलो हिन्दी ओपनिङ बनेको छ । फिल्मले सबै भाषा जोडेर ७७.५० करोड भारुको ग्रस कलेक्सन गरेको छ । यद्यपि, यो फिल्म प्रभासको ‘आदिपुरुष’ भन्दा पछि रहेको छ । आदिपुरुषले पहिलो दिन ८६.७५ करोडको ओपनिङ गरेको थियो ।

‘रामायण’ देशभरका २५,२०० शोमा रिलिज गरिएको थियो, जसमा हिन्दी भाषाको योगदान सबैभन्दा बढी रह्यो । हिन्दी संस्करणले २०,६७८ शोमार्फत ४७.५० करोड भारु नेट कलेक्सन गरेको छ । यसबाहेक, कन्नड भाषामा ७.२५ करोड, तेलुगुमा ६ करोड, तमिलमा २.६० करोड र मलायालम संस्करणमा १.५० करोड भारुको कमाइ दर्ता छ ।


ओभरसिज (विदेशी) बजारबाट २० देखि ४० करोड भारुको कमाइ हुने अपेक्षा गरिएको छ, जसले गर्दा फिल्मको वर्ल्ड वाइड कलेक्सन १०० करोड भारु पार गर्नेछ । ओपनिङ डेमा ‘रामायण’ ले शाहरुख खानको ‘पठान’ र रणवीर कपुरकै अघिल्लो फिल्म ‘एनिमल’ को पहिलो दिनको कलेक्सनलाई पछि पारेको छ । यद्यपि, यो सन् २०२६ को सबैभन्दा

ठुलो ओपनर ‘धुरन्धरः द रिभेन्ज’ (१०२.५५ करोड नेट) भन्दा पछि रहेको छ । साथै,सन् २०२३ मा रिलिज भएको प्रभासको ‘आदिपुरुष’ को ओपनिङ डे रेकर्ड (८६.७५ करोड) पनि यो फिल्मले तोड्न सकेन ।

पहिलो दिनपछि दर्शक र समीक्षकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले फिल्ममा प्रयोग गरिएको भीएफएक्सको सराहना गरेका छन् । साथै, भगवान् रामको भूमिकामा रणवीर कपुर र रावणको भूमिकामा साउथ सुपरस्टार यशको अभिनयलाई निकै मन पराइएको छ ।

‘रामायण’ भारतीय सिनेमा इतिहासको सबैभन्दा ठुलो र महँगो प्रोजेक्ट फिल्म हो । फिल्मको कुल बजेट करिब ४,००० करोड भारु बताइएको छ, जसमा फिल्मका दुवै भाग समावेश छन् । फिल्ममा रणवीर कपुर भगवान् राम, साई पल्लवी माता सिता, रवि दुबे लक्ष्मण र केजीएफ फेम यश रावणको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij