गोरखा : गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । सो पहिरोले रेमुनाङमा डेढ सय मिटरको ताल बनेको स्थानीयले जानकारी दिए ।
यो ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । तर ताल एकै पटक फुट्यो भने असर गर्न सक्ने स्थानीयले बताए । 'अहिले नै फुटिहाल्ने अवस्था छैन । उपकरण भयो भने खोल्न पनि सकिन्छ', घटनास्थलबाट निमा दोर्जे भन्छन्, 'अहिले असर नपरेपनि फुटिहाल्यो भने ठुलै बाढी आउँछ ।'
यो खोला बुढीगण्डकीको मुहान नजिक रहेको उनले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij