काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युबराज सम्रा र युएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ ।पोखराले जारी एनपीएलको बाँकी खेलका लागि एसोसिएट राष्ट्रका दुई खेलाडी अनुबन्ध गरेको छ । टी २० विश्वकपमा न्युजिल्यान्ड विरुद्ध शतक प्रहार गरेका क्यानडाका युवराज सम्रा ओपनिङ ब्याटर हुन् ।
२० वर्षीय सम्राले क्यानडाका लागि १९ ओडिआई र २० टी२०आई खेल खेलेका छन् । उनले टी२० आईमा १ शतक र ३ अर्धशतकसहित ५८६ रन बनाएका छन् । ओपनिङमा आक्रमक ब्याटिङ गर्ने युवराज सम्राको आगमनले पोखराको टप अर्डरमा सहयोग मिल्नेछ । यस्तै २१ वर्षी मारुफ मर्चेन्ट लेगस्पीनर हुन् । उनले केही दिनअघि भएको हङकङ सिक्सेसमा युएईको टिमबाट खेलेका थिए । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि बंगलादेशका शकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका चमिका करुणारत्ने, धनन्जय लक्षण र सदिरा समराविक्रमालाई अनुबन्ध गरेको छ ।
जारी एनपीएलमा पोखराले शुक्रबार चितवन राइनोजसँग आफ्नो चौथो खेल खेल्दैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij