जनकपुरधाम : पर्साको वीरगञ्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक सञ्चालनमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिना मोक्तानले सञ्चालन गरेको भट्टीमा छापा मारेर १ हजार ३०० लिटर मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र ३५० लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो ।
अवैध रूपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भट्टी फुटाएर त्यहाँ रहेका कच्चा पदार्थ र तयारी मदिरा नियन्त्रणमा लिएको र बरामद सामग्री प्रहरी कार्यालयमा ल्याएर नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लले घरेलु मदिराको अवैध उत्पादन, बिक्री वितरण तथा ओसारपसार स्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण रहेको र मापदण्डविपरीत विभिन्न रासायनिक पदार्थ प्रयोग गरेर उत्पादन गरिने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सचेतता अपनाउन आग्रह गरेका छन् ।
प्रहरीले अवैध मदिरा उत्पादन तथा कारोबारमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै त्यस्तो गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय खबर गर्न अनुरोध गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij