Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

अमेरिकी मध्यावधि निर्वाचनः प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकनलाई झड्का

अमेरिकी मध्यावधि निर्वाचनः प्रारम्भिक नतिजामा ट्रम्पको रिपब्लिकनलाई झड्का

काठमाडौंः अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ।

अमेरिकी संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले अग्रता लिएको छ भने सिनेटको एक सिट पनि रिपब्लिकन पार्टीबाट खोसेको छ। प्राप्त प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाबाट सिनेटको सिट जित्दै रातिको पहिलो सिट आफ्नो पक्षमा पारेको छ। यसैगरी जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।

अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका ३५ सिट तथा विभिन्न राज्यका गभर्नर र स्थानीय पदमा यही १७ कात्तिकमा निर्वाचन भएको थियो। अमेरिकामा मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो। यस निर्वाचनमा राष्ट्रपति परिवर्तन हुँदैन, तर संसदमा कुन राजनीतिक दलको बहुमत रहने भन्ने निर्णय भने हुन्छ। सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बीचमा भइरहेको हो।

मध्यावधि निर्वाचनलाई अमेरिकामा राष्ट्रपतिको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा लिने गरिन्छ। राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको दुई वर्ष पूरा हुन लाग्दा भएको यो निर्वाचनलाई पनि उनको प्रशासनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ।

यस निर्वाचनको नतिजाले ट्रम्प प्रशासनले आगामी दुई वर्षमा आफ्नो नीति तथा कार्यक्रम अघि बढाउन कति सहजता पाउँछ भन्ने पनि तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट