Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

चितवनको पहिलो चार वटै रोजाइमा इंग्ल्यान्डका खेलाडी, खेलेनन् पाकिस्तानी

चितवनको पहिलो चार वटै रोजाइमा इंग्ल्यान्डका खेलाडी, खेलेनन् पाकिस्तानी

काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा चितवन राइनोजले चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडीलाई मैदानमा उतारेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध चितवनले कप्तान रवि बोपारासहित चार वटै विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका खेलाडी उतारेको हो ।

रवि यसअघि नै नेपाल आइसकेका थिए । त्यसबाहेकका अन्य खेलाडी भने पाकिस्तानका खेलाडी खेल्न नपाउँदा रातारात नेपाल आएका हुन् । यसअघि चितवनले तीन पाकिस्तानी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको थियो ।

तर, एनओसीका कारण पाकिस्तानका खेलाडी उसामा मिर, हसन अली र मोहम्मद नवाजले एनपीएल खेल्न पाएनन् । त्यसपछि चितवनले हतार हतारमा थप विदेशी खेलाडी भित्राएको थियो । जसमा अघिल्लो सिजन खेलेका डाविड मलानसहित डान मोस्ली र टम टेलरलाई चितवनले टोलीमा अनुबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट