Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

विराटनगरविरुद्ध चितवनका डेविड मलानको अर्धशतक, ११ ओभरमा ७९ रन

विराटनगरविरुद्ध चितवनका डेविड मलानको अर्धशतक, ११ ओभरमा ७९ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका डेविड मलानले अर्धशतक पूरा गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको चितवनका लागि मलानले ४३ बलमा ५ चौका र ४ छक्काको मद्दतमा अविजित ६० रन बनाएका हुन् ।

११ ओभरको खेल सकिँदा चितवनले २ विकेट गुमाएर ७९ रन बनाएको छ । चितवनका ओपनर देव खनाल १२ रन बनाएर आउट भए भने अर्जुन साउदले ३ रन मात्रै जोड्न सके ।

विराटनगरका चारिथ असलंकाले देव खनाललाई आउट गरेका हुन् । त्यस्तै, एन्जेलो म्याथ्युजले अर्जुन साउदलाई पभेलियन फर्काए ।

दुवै विकेट गुमाए पनि मलान क्रिजमा टिकिरहेका छन् । उनको अर्धशतकसँगै चितवन राइनोज सम्मानजनक योगफल बनाउने लक्ष्यमा अघि बढिरहेको छ ।

एनपीएलको तेस्रो संस्करणमा चितवन राइनोज र विराटनगर किंग्सले आज पहिलो खेल खेलिरहेका छन् । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट