Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ : नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। उक्त भूकम्पमा परी १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गरेको छ। 


साथै मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ।

“नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ” विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट