Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

नारायणी कटान नियन्त्रणमा मन्त्री गौतमको चासो, तटबन्धका लागि बजेट सुनिश्चित गर्ने

नारायणी कटान नियन्त्रणमा मन्त्री गौतमको चासो, तटबन्धका लागि बजेट सुनिश्चित गर्ने

नारायणगढ :  कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले विशेषगरी नारायणी नदीको तटीय क्षेत्रको अवलोकन गरी स्थानीयवासीसँग छलफल गरेकी थिइन् । नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था बुझ्दै उनले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी खनालले बताए ।

नारायणी नदीको दुवैतर्फका बस्तीमा तटबन्ध निर्माण, कटान नियन्त्रण र बजेट व्यवस्थापनका विषयमा मन्त्री गौतमले चासो व्यक्त गरेको उनले जानकारी दिए । कटानको जोखिम बढी भएका स्थानमा तत्काल काम गर्ने र अन्य क्षेत्रमा पनि दिगो समाधानका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा मन्त्री गौतमले जोड दिएकी थिइन् ।

अवलोकनका क्रममा स्थानीयवासीले बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै नारायणी कटान नियन्त्रणका लागि बाँकी काम शीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका थिए । जवाफमा मन्त्री गौतमले नारायणी तटबन्धको बाँकी काम सङ्घीय आयोजनाअन्तर्गत विज्ञ इन्जिनियरको निगरानीमा बजेट सुनिश्चित गरी अघि बढाइने बताएकी थिइन् ।

उनले निर्वाचनका बेला हुने राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर गाउँबस्ती जोगाउन र विकासका काम अघि बढाउन सबै एकजुट हुनुपर्नेमा पनि जोड दिएकी थिइन् ।

यसैगरी, मन्त्री गौतमले माडी नगरपालिकाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा गुनासा सुनेकी थिइन् । माडीमा निकुञ्ज तथा जङ्गलको बाटो, खोला कटान तथा अन्य स्थानीय समस्याबारे जानकारी लिँदै उनले प्राथमिकताका आधारमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट