Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

कांग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

कांग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यस पटक नगर्ने भएको छ ।भोटेकोशीमा आएको बाढीले १४ सय बढीको ज्यान गएको शोकको कारण कार्यक्रम नहुने भएको हो ।

२०३४ सालदेखि निश्चित कारणवश कुनै वर्ष आयोजना नभएको बाहेक हरेक वर्ष नेपाली कांग्रेसले सोही तिथिमा कार्यक्रम गर्दै आएको छ ।कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार शोकको घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सीमित रहेर मनाउन पनि सभापति गगन कुमार थापाले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij