Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

जेन-जी आन्दोलनमा नख्खु जेलबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी राजसुन्दर पक्राउ

जेन-जी आन्दोलनमा नख्खु जेलबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी राजसुन्दर पक्राउ

काठमाडौं : जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको सुन्दरीजलबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बस्ने ३० वर्षीय राजसुन्दर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जबरजस्ती करणी मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका तामाङ २०८२ भदौ २४ गतेको जेन-जी आन्दोलनको मौका छोपेर भागेका थिए ।हिजो पक्राउ परेका तामाङलाई बाँकी कैद भुक्तानका लागि पुनः नख्खु कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij