Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नवरात्रको अवसरमा मिथिलामा ‘खोइछ भरिँदै’

नवरात्रको अवसरमा मिथिलामा ‘खोइछ भरिँदै’

काठमाडौँ : शारदीय नवरात्रको सातौँ दिन सप्तमीदेखि मिथिला-मधेश क्षेत्रमा माता दुर्गाको पूजा आराधना सहित ‘खोइछ भर्ने’ परम्परा छ। महिलाहरूले अक्षता, सिन्दूर, फलफूल तथा मिठाइलगायत सामग्री राखेर खोइछ भर्ने गर्छन्। त्यस क्रममा कागजको झाप पनि चढाइन्छ।

परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको मंगल र कल्याणको कामना सहित खोइछ भर्ने गरिन्छ। सप्तमीदेखि महनवमीसम्म विषेश रूपमा खोइछ भर्ने परम्परा छ।

सिरहा सदरमुकामस्थित दुर्गा भवानीको मन्दिरमा खोइछ भर्न विवाहिता महिलाको घुइँचो लागेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij