Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

इलामको रोङमा धारिलो हतियार प्रहार गरी हत्या

इलामको रोङमा धारिलो हतियार प्रहार गरी हत्या

इलाम : इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ। रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन्। उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएको हो।

असोज ३१ गते शनिबार बिहान ८:३० बजे स्थानीयले घटनाबारे जानकारी गराएपश्चात् तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थलबाट एउटा हतियार समेत बरामद गरेको छ। हत्यामा संलग्न व्यक्ति हाल फरार रहेकाले तीव्र रूपमा खोजी कार्य भइरहेको छ।

कमल परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij