काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने काम नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदान गर्ने प्रचलनलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका हुन्। “राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो,” महामन्त्री आचार्यले सन्देशमा भनेका छन्।
चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, आपसी सद्भाव र आत्मीयता भएको उल्लेख गर्दै उनले उपहारको औपचारिकताभन्दा नागरिकको विश्वास र सद्भावलाई महत्त्व दिनुपर्ने सन्देश दिएका छन्।
महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij