Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

आइसिसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै

आइसिसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दै


काठमाडौं : आइसिसी विश्वकप लिग २ अन्तर्गत आज नेपालले ओमानसँग खेल्दैछ। ओमानको इमारात रंगलालामा विहान पौने १२ बजे खेल सुरु हुनेछ।  ओमानले सन् २०२७ को एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ। ओमानले २९ खेलमा १४ जित र ११ हार सामना गरी ३३ अंक जोडेको छ। 

ओमान अहिले चौथो स्थानमा छ। यसविपरीत नेपालको प्रदर्शन मिश्रित छ। एकदिवसीय मान्यता रक्षा गर्ने अभियानमा रहेको नेपाल तालिकाको छैटौँ स्थानमा छ। आइतबार क्यानडामाथिको जितले नेपाल एक स्थानमाथि उक्लिएको हो। नेपालले ३३ खेलमा १२ जित र १९ हार सामना गरी २६ अंक जोडेको छ।

 यी दुईबिच अहिलेसम्म ११ पटक एकदिवसीय खेलमा प्रतिस्पर्धा भएका छन्। हेड टु हेडमा ओमानले नेपाललाई ६ खेलमा हराएको छ। नेपालले पाँच खेलमा जित निकालेको छ। पछिल्लोपटक एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ८७ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट