Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

रियाद विमानस्थलमा भएको आक्रमणको नेपालद्वारा निन्दा

रियाद विमानस्थलमा भएको आक्रमणको नेपालद्वारा निन्दा

काठमाडौँ :  नेपालले साउदी अरबको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको प्रेस वक्तव्यमा आक्रमणबाट कैयौँको ज्यान गएको र धेरै जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

नेपालले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।कुनै पनि बहानामा सर्वसाधारण नागरिक र सार्वजनिक पूर्वाधारलाई निशाना बनाउनु हुँदैन,’ वक्तव्यमा भनिएको छ ।

नेपालले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र विवाद तथा द्वन्द्व समाधानका लागि शान्तिपूर्ण उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

साथै, नेपालले साउदी अरबका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट