Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कपनको बाल उद्धार माविका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ

कपनको बाल उद्धार माविका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ

काठमाडौँ : काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई हाल कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् । 

असोज २२ गते बिहान करिब साढे १० बजेतिर विद्यालय प्राङ्गणमा शिक्षकमाथि कुटपिट भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये निशाल दाहालले विद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्दै गालीगलौज र धाकधम्की दिएको प्रहरीको अनुसन्धानले देखाएको छ । आरोपी ध्रुवप्रसाद घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए । आरोपीहरूमाथि प्रहरी वृत्त बौद्धले ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट