Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कांग्रेसमा सभापतिका लागि गगन र श्यामकृष्ण भिड्दै

कांग्रेसमा सभापतिका लागि गगन र श्यामकृष्ण भिड्दै

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदतका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले गएराति सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम सूचीअनुसार सभापति पदमा थापा र खड्गीको भिडिन्त पक्का भएको हो ।

सभापतिका अर्का उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि सभापतिमा दुई जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।  वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि मतदान हुँदैछ। निर्वाचन समितिले मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij