Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविको बधाई

भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविको बधाई

काठमाडौँ  :  सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन्।गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन्। प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए।


प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै लेखेका छन्, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना छ । नेपाल आगामी दिनमा पनि यहाँ र यहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ।”
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि एक्समार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गरेका छन्।


उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना । यहाँको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ ।”

सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउनका लागि सहकार्य गर्न उत्सुक रहेको पनि सो शुभकामना सन्देशमा बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट