Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्कियो, देशभरका कक्षा स्थगित

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्कियो, देशभरका कक्षा स्थगित

काठमाडौंः शिक्षा सुधारको माग गर्दै फ्रान्सभर प्रदर्शन चर्किएपछि प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले यो हप्ताको बाँकी अवधिका लागि देशभरका माध्यामिक तहका कक्षा स्थगित गरेका छन्।

कक्षा स्थगित गर्ने निर्णयबारे लेकोर्नुले विद्यालयमा आगजनी गर्नु शिक्षा सुधारको समाधान नभएको बताएका छन्। उनले कक्षा स्थगनले प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई विद्यालयको अवस्थाबारे आफ्ना चिन्ता राख्दै समाधान खोज्न लोकतान्त्रिक प्रक्रिया अघि बढाउने अवसर दिने बताए।

मंगलबार सयौँ विद्यालय ठप्प पार्ने प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। शिक्षक अभाव पूर्ति, लामो लञ्च ब्रेक र विद्यालयको दैनिक समयतालिकामा परिवर्तनलगायत माग राख्दै विभिन्न सहरमा ठूलो संख्यामा विद्यार्थी, अभिभावक र कार्यकर्ता सडकमा उत्रिएका थिए।

सरकारी अधिकारीका अनुसार प्रदर्शनमा करिब दुई लाख ५० हजार सहभागी थिए। आयोजकहरूले यो संख्या पाँच लाखनजिक रहेको दाबी गरेका छन्। करिब दुई हजार विद्यालय बन्द भएका थिए। 

पेरिसमा प्रदर्शनमा विद्यार्थीबाहेक किसान, ऊर्जा क्षेत्रका कर्मचारी र शिक्षक संघका सदस्यसमेत सहभागी भएका थिए। करिब दुई साताअघि पेरिसबाट सुरु भएको प्रदर्शन देशभर फैलिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट