भरतपुर : नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारण सभा तथा दसौँ अधिवेशन ग्रीन ह्याम्लेट पार्टी प्यालेसमा संस्थाका अध्यक्ष लक्ष्मण ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र चितवनका प्रमुख सुमित्रा पौडेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल दुर्लभ रक्त समुदायका केन्द्रिय तदर्थ समितिका अध्यक्ष पुष्प्राज शर्माले मन्तव्य राखेका थिए । संस्थाको अधिवेशनबाट राजमणि नेपालको अध्यक्षतामा १३ जनाको निर्बिरोध नयाँ कार्यसमिति गठन भएको छ । उपाध्यक्षमा विजय अधिकारी, सचीवमा दीपेन्द्र पौडेल, कोषाध्यक्षमा आमोध सुवेदी र सहसचिवमा कृष्टि सापकोटा चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिलादेवी पाण्डे, गोबिन्द पराजुली, यशोधा शर्मा, मदन कट्टेल, सविता पौडेल, विमला मिश्र, हरि भन्डारी, चयन भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij