Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

कांग्रेस महाधिवेशन प्रतिनिधि बने बाबु–छोरा

कांग्रेस महाधिवेशन प्रतिनिधि बने बाबु–छोरा

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एकै परिवारका दुई जना महाधिवेशन प्रतिनिधि बनेका छन्। कास्की क्षेत्र नम्बर २ बाट गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापा र उनका छोरा सौगात थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा छोरा थापाले उम्मेदवारी दिएका थिए। बुबा बिन्दु कुमार थापाले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार दिएका थिए। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि  छोरा सौगातले यो परिणाम व्यक्तिगत उपलब्धि मात्र नभई युवामाथि गरिएको विश्वास भएको बताएका छन्। यो विश्वासले नेपाली कांग्रेसलाई अझ गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउने अपेक्षाको जिम्मेवारी रहेको उनले उल्लेख गरेका छन्।

त्यसैगरी, बुबा बिन्दु थापाले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले देखाएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन्। आगामी दिनमा पनि नेपाली कांग्रेस र लोकतान्त्रिक मूल्य मान्यताप्रति निरन्तर समर्पित रहँदै यहाँहरूको विश्वासलाई सम्मान गर्ने उनले धारणा व्यक्त गरेका छन्।अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा, सोच र सक्रियतालाई सङ्गठन सुदृढीकरणमा जोड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

थापा गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीसमेत भइसकेका छन्। थापाले गण्डकी प्रदेशको सांसद हुँदादेखि प्रदेश सरकारबाट पाउने पारिश्रमिक एवम् अन्य सरकारी सेवा, सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन १८ गतेबाट सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट