Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवन छिट्टै सम्पन्न हुन्छ : मन्त्री तामाङ

बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवन छिट्टै सम्पन्न हुन्छ : मन्त्री तामाङ

रत्ननगर  : बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए ।

वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा बिरामी भुईमा म्याट राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चर्चा गर्दै उनले मौसमी बिरामीले गर्दा अहिले बिरामीको चाप उच्च रहेको बताए ।

अस्पतालमा सिटीस्क्यान मेसिनको अति आवश्यक रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि प्रस्ताव आएमा तत्काल समाधान खोजिने बताए । दैनिक एक हजार दुई सय बढी बिरामीलाई बहिरंग (ओपिडी) सेवा दिनु सामान्य नभएको भन्दै उनले सेवाग्राही सन्तुष्ट हुनु नै ठूलो सम्पत्ति रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij