काठमाडौँ : अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को आगामी मङ्सिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर रेखाकै ‘बीआर क्याफे’मा आयोजित एक कार्यक्रममा फिल्ममा रिलिज मिति घोषणा गरिएको हो ।रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्म सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ । रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठीदेखिने फिल्ममा पूजासँग अभिनेता पुष्प खड्का देखिनेछन् ।निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् । रेखा र पूजाले चलचित्र ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन् । फिल्मको नेपालभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले गर्दैछ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij