Logo

Oct 04 2026 | २०८३, आश्विन १८गते

सुशील र न्यान्सीको ‘अक्षरा’ सेन्सर पास

सुशील र न्यान्सीको ‘अक्षरा’ सेन्सर पास

काठमाडौँ : विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र दिदै पास गरेको हो ।२३ असोज शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म अभिभावकले छोरीको चाहना विपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित छ। ‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस फिल्मको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का रहेका छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता उग्रसेन ढुङ्गाना स्वयंको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् । दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र कर्णराज गिरीको सङ्गीत रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij