Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

वर्षाका कारण श्रीलङ्काविरुद्धको खेल रद्द, नेपाल एशियन गेम्सबाट बाहिरियो

वर्षाका कारण श्रीलङ्काविरुद्धको खेल रद्द, नेपाल एशियन गेम्सबाट बाहिरियो

काठमाडौं : २०औँ एसियाली खेलकुद (एशियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको तेस्रो क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।

जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहानैदेखि परेको अविरल वर्षाका कारण टस समेत हुन नसकेपछि खेल रद्द भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को वरीयतामा नेपालभन्दा माथि रहेका कारण श्रीलङ्का वरीयताको आधारमा सोझै सेमिफाइनल प्रवेश गरेको छ। अब सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ।

समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै समूह 'ए' को विजेता बनेर क्वार्टरफाइनल पुगेको नेपालका लागि यो खेल ऐतिहासिक अवसर थियो। 

पहिलोपटक सिनियर/दोस्रो रोजाइको श्रीलङ्काली टोलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको नेपाली टोली वर्षाका कारण मैदान उत्रिन नपाई प्रतियोगिताबाट बाहिरिन पुगेको छ।

यसअघि हिजो (सोमबार) तय भएका क्वार्टरफाइनल खेलहरू पनि वर्षाकै कारण रद्धहुँदा उच्च वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगिसकेका छन्। आजै अर्को खेलमा बंगलादेश र मलेसिया भिड्दैछन्।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट