Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

गोपाल अग्रवालको नेतृत्वमा नेपाल मारवाडी युवा संगठन, उपाध्यक्षमा चितवनका नितेश

गोपाल अग्रवालको नेतृत्वमा नेपाल मारवाडी युवा संगठन, उपाध्यक्षमा चितवनका नितेश

चितवन : नेपाल मारवाडी युवा संगठनको केन्द्रीय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल सर्वसम्मत चयन भएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न संगठनको महाधिवेशनले अग्रवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनबाट उपाध्यक्षमा चितवनका नितेश महेश्वरी र बिर्तामोडका यज्ञराज अग्रवाल चयन भएका छन् । महासचिवमा विराटनगरका मोहित लालवानी, सचिवमा चितवनका राजुकुमार चौधरी र कोषाध्यक्षमा हेटौंडाका राहुल सिंगानिया चयन भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यमा निकुञ्ज अग्रवाल, पियुषकुमार अग्रवाल, रजत अग्रवाल, राहुल बन्सल, आशिषकुमार बोथरा, विजय बाहेती, विकासकुमार गोयल, अभिषेक बोहरा, सौरभ अटल र विशान्त सिंगी जैन चयन भएका छन् । महाधिवेशनले क्षेत्रीय नेतृत्वसमेत चयन गरेको छ । क्षेत्रीय सभापतिमा शिवम अग्रवाल, राजेशकुमार अग्रवाल, चन्द्रकुमार अग्रवाल, दीपक मित्तल, मोहित सेठिया र चेतन मुर्रालाई चयन गरिएको छ ।

महाधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य पुनम अग्रवालले मारवाडी युवालाई व्यवसाय र सामाजिक सेवासँगै राजनीतिमा पनि सक्रिय हुन आग्रह गरिन् । नेपालको अर्थतन्त्रमा मारवाडी समुदायको महत्वपूर्ण योगदान रहे पनि राजनीतिक क्षेत्रमा सहभागिता अपेक्षाकृत कम रहेको भन्दै उनले युवालाई राजनीतिमा आउन आग्रह गरेकी हुन् ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाले व्यापारसँगै सामाजिक सेवा मारवाडी समुदायको पहिचान बनेको बताए । उनले बदलिँदो प्रविधिसँगै व्यवसायलाई अघि बढाउन युवाले कृत्रिम बौद्धिकतासहित नयाँ प्रविधिको ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म चलेको महाधिवेशनमा २६ जिल्लाबाट करिब २ सय युवाको सहभागिता रहेको थियो । महाधिवेशनमा कोषाध्यक्ष यज्ञराज अग्रवालले आर्थिक प्रतिवेदन तथा सचिव मोहित लालवानीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महाधिवेशनकै अवसरमा संगठनले रसुवाको भोटेकोशी बाढीपीडितका लागि ५ लाख १७ हजार रुपैयाँ सहयोग गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी संगठनका अध्यक्ष मनोज अग्रवालले प्रतिनिधिसभा सदस्य पुनम अग्रवाललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको संगठनले भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि उक्त रकम प्रदान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट