नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भारतबाट मुर्रा जातका भैंसी ल्याउने निर्णय किसानको जीवनस्तर सुधारसँग जोडिएको बताएका छन् । नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै दाहालले आफू प्रधानमन्त्री भएका बेला भारतबाट मुर्रा राँगा ल्याउने विषयलाई विरोधीहरूले उपहासको विषय बनाएको बताए।
‘मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन। दशौँ वर्षदेखि अरूले नसकेको कुरा थियो त्यो। त्यो मुर्रा भैँसी ल्याउने कुरा किसानको जीवनमा परिवर्तन ल्याउने कुरासँग नै सम्बन्धित थियो,’ उनले भने।
भारत सरकारले २०८० मंसिरमा नेपाललाई उच्च प्रजननका १५ वटा मुर्रा उपलब्ध गराएको थियो।
‘हामीले विगतमा धेरै गर्न नसकेको भए पनि पछिल्लो सरकारमा हुँदाको बजेट हेर्नुभयो भने कृषि क्षेत्रमा कसरी लगानी बढाउने र किसानहरूलाई कसरी उत्प्रेरित गर्ने भन्नेमा थियो,’ उनले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij