Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

‘आ बाट आमा २’ को दोस्रो पोस्टर सार्वजनिक, कहिले आउँदैछ टिजर

‘आ बाट आमा २’ को दोस्रो पोस्टर सार्वजनिक, कहिले आउँदैछ टिजर

फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक पोस्टरमा दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको छ। 

असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरले दशैँको माहोलको झल्को दिन्छ। पोस्टरमा फिल्मका मुख्य पात्र पल शाहलाई मानसिक सन्तुलन गुमाएको झैँ देखिन्छन् भने विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल र मलिका महत भावुक छन्। पोस्टरको दायाबायामा दुई पात्रलाई राखिएको छ।

दायामा बुबाको भुमिकामा रहेका प्रदीप स्कुटरमा कतै आइरहेका देखिन्छन् भने बाया पात्र कसैको खोजीमा देखिन्छन्। साथै ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषयवस्तु बनाएको होमी भन्ने कुरा पोस्टरमा देखिन्छ। अर्को तर्फ पोस्टरमा उल्लेखित ‘आउँछु’ भन्ने एउटा झुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन’ भन्ने भावुक संवादले फिल्मको मर्मस्पर्शी पक्षलाई दर्शाउँछ। साथै केहि मानिसहरु ढङ्गा तरिरहेको पनि देख्न सकिन्छ।  

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरले फिल्मको कथालाई बोकेको देखिन्छ। अब यस फिल्मको सोमबार सार्वजनिक हुने टिजरले थप कथा खोल्ने छ। 

आर्या पन्तको प्रस्तुति रहेको यस फिल्मको मुख्य भुमिकामा चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ। लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट