Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

भोटेकोशी बाढीपीडितका लागि रेडक्रसद्वारा सहयोग हस्तान्तरण

भोटेकोशी बाढीपीडितका लागि रेडक्रसद्वारा सहयोग हस्तान्तरण

चितवन : रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि नेपाल रेडक्रस सोसाइटीका विभिन्न उपशाखा तथा शाखाले संकलन गरेको सहयोग रकम चितवन जिल्ला शाखालाई हस्तान्तरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखा, लंकु उपशाखा र रत्ननगर पालिका शाखाबाट संकलित रकम चितवन जिल्ला शाखाका सभापतिलाई हस्तान्तरण गरिएको हो। बाढी प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले रकम संकलन गरिएको रेडक्रसका प्रतिनिधिले बताएका छन्। विपद्का समयमा पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै सहयोग रकम सम्बन्धित बाढीपीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरिएको छ।

हस्तान्तरण कार्यक्रममा रेडक्रसका पदाधिकारी तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। सहयोग गर्ने सबै व्यक्ति तथा संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट