Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

मधेस प्रदेश सांसद जैनब खातुनको निधन

मधेस प्रदेश सांसद जैनब खातुनको निधन

रौतहट :  रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ।फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।

खातुन मधेस प्रदेशसभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij