Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बाढी प्रभावित क्षेत्रमा चितवन मेडिकल कलेजको स्वास्थ्य टोली, विशेषज्ञ चिकित्सकसहित २१ जना खटिए

बाढी प्रभावित क्षेत्रमा चितवन मेडिकल कलेजको स्वास्थ्य टोली, विशेषज्ञ चिकित्सकसहित २१ जना खटिए

चितवन : चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको २१ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बाढी प्रभावित नुवाकोट र रसुवामा स्वास्थ्य सेवा प्रदान गर्न त्यसतर्फ प्रस्थान गरेको छ ।

कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिचन्द्र न्यौपानेको विशेष पहलमा कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत विशेषज्ञ चिकित्सकसहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको हो ।

टोलीले असोज ५ गतेसम्म नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नेछ । टोलीले स्थानीय आवश्यकताका आधारमा प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।

टोलीको नेतृत्व गर्नुभएका सर्जन डा. वीरेन्द्र राउतका अनुसार टोलीमा मुटुरोग, जनरल मेडिसिन, हाडजोर्नी, मनोरोगलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरू सहभागी छन् । बाढीपछि प्रभावित क्षेत्रमा देखिन सक्ने विभिन्न स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै विशेषज्ञ सेवा उपलब्ध गराउन टोली परिचालन गरिएको हो ।

टोलीले उपचार सेवासँगै भिडियो एक्सरे, युरिनरी आरई, पीएफटीलगायत आवश्यक स्वास्थ्य परीक्षणसमेत गर्नेछ । प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण तथा उपचारको आवश्यकता पहिचान गरी सोहीअनुसार सेवा प्रदान गरिने जनाइएको छ ।

सिएमसी शिक्षण अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाका अनुसार २१ जना चिकित्सक तथा नर्ससहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको हो । टोलीले नुवाकोट र रसुवाका जनस्वास्थ्य कार्यालयहरूसँग समन्वय गरी आवश्यकता भएका विभिन्न स्थानमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

बाढी तथा विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित भएका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टोली परिचालन ग

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij