चितवन : भरतपुर महानगरपालिका–४ लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। मंगलबार साँझ करिब ५ : ५० बजे रामपुरबाट धर्मचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०६००२ प ९६४२ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका ८ वर्षीय बिनोद लामा लाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा साँझ ८:४८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
मृतक बालक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१० का स्थायी बासिन्दा हुन् भने हाल भरतपुर–४ हस्पिटलचोकमा डेरा गरी बस्दै आएका थिए।दुर्घटनापछि मोटरसाइकल चालक भरतपुर–१९ रामपुरका २३ वर्षीय समीर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय नारायणगढ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij