नेपालगन्ज : Ather Nepal ले आफ्नो विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा १५औँ Experience Center सञ्चालनमा ल्याएको छ।
नेपालगन्जको Buspark Road, New Road 2 मा सञ्चालनमा आएको नयाँ केन्द्रबाट ग्राहकले Ather का विद्युतीय स्कुटर, प्रविधि, चार्जिङ सुविधा तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। केन्द्रमा स्कुटरको प्रदर्शनसँगै टेस्ट राइडको सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपालगन्ज केन्द्रमा Ather 450 र Ather Rizta लगायतका विद्युतीय स्कुटर उपलब्ध हुनेछन्। Ather 450 लाई प्रदर्शन तथा प्रविधिमा केन्द्रित स्कुटरका रूपमा प्रस्तुत गरिएको छ भने Rizta दैनिक तथा पारिवारिक प्रयोगलाई लक्षित गरी तयार गरिएको कम्पनीको भनाइ छ।
Ather का स्कुटरमा Magic Twist, Infinite Cruise र Voice Interactions लगायतका स्मार्ट प्रविधि समावेश छन्। Magic Twist मार्फत थ्रोटलको प्रयोगबाट गति घटाउन सकिने, Infinite Cruise ले लामो दूरीको यात्रामा स्थिर क्रुजिङ अनुभव दिने तथा Voice Interactions मार्फत आवाजबाट विभिन्न कमान्ड दिन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा ब्याट्री, चार्जिङ तथा बिक्रीपछिको सेवामा ग्राहकको विश्वासलाई प्राथमिकता दिँदै Ather Assurance अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नेपालभर हाल ५० भन्दा बढी फास्ट–चार्जिङ लोकेसन र १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालनमा छन्।
नेपालगन्जमा नयाँ केन्द्र सञ्चालनको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष Opening Scheme समेत सार्वजनिक गरेको छ। योजना ३ असोज २०८३ सम्म लागू हुनेछ।
योजनाअन्तर्गत नगद खरिदमा ८ वर्षको Extended Battery Warranty, EMI खरिदमा ० प्रतिशत ब्याजदरको वित्तीय सुविधा तथा पुरानो सवारी साटफेर गर्दा थप ८ हजार रुपैयाँको Valuation Benefit उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपालगन्जमा नयाँ केन्द्र सञ्चालनमा आएसँगै Ather को Experience Center सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायत प्रमुख शहरमा विस्तार भएको छ।
कम्पनीले नयाँ Experience Center मार्फत नेपालगन्ज तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रतिको पहुँच बढाउनुका साथै बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र ग्राहक अनुभवलाई थप सहज बनाउने लक्ष्य लिएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij