Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

जापानको दुई दशकको अनुभवसहित भरतपुरको दीपेन्द्र चोकमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’ होटल

जापानको दुई दशकको अनुभवसहित भरतपुरको दीपेन्द्र चोकमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’ होटल

भरतपुर : भरतपुर महानगरपालिका–१०, दीपेन्द्र चोकमा ‘चित्वन स्पाईसी हर्ब’ होटल सञ्चालनमा आएको छ । जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले भरतपुरमा होटल व्यवसाय सुरु गर्नुभएको हो ।

चार कठ्ठा क्षेत्रफलमा सञ्चालनमा आएको होटलमा जग्गाबाहेक करिब पाँच करोड रुपैयाँ लगानी गरिएको सञ्चालक चिरञ्जीवि आचार्यले बताउनुभयो । होटलमा १२ वटा डिलक्स कोठा रहेका छन् भने दुई वटा गोलो आकारका फरक डिजाइनका कोठासमेत निर्माण गरिएको छ ।

    

होटलमा ६० जना क्षमताको एउटा र ३०÷३० जना क्षमताका दुई वटा हल रहेका छन् । त्यस्तै, एक सय जना क्षमताको रेष्टुरेन्ट, दुई सय जना क्षमताको रुफटप रेष्टुरेन्ट तथा बाहिरी क्षेत्रमा एक सय जनाभन्दा बढी क्षमताको ओपन रेष्टुरेन्टको व्यवस्था गरिएको छ । होटल परिसरमा २५ वटा कार र एक सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने सञ्चालकले जनाएका छन् ।

दुई दशक लामो जापानको रेष्टुरेन्ट व्यवसायको अनुभवलाई नेपालमा समेत उपयोग गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको आचार्यले बताउनुभयो । उहाँका अनुसार होटलमा जापानिज, इण्डियन, चाइनिजलगायत दक्षिण एसियाली परिकारलाई फ्युजन गरी फरक स्वादका खाना तथा खाजा उपलब्ध गराइनेछ ।

“नेपालमा अन्य रेष्टुरेन्टको भन्दा फरक स्वाद दिने गरी हामीले मेनु तयार गरेका छौं,” उहाँले भन्नुभयो ।

आचार्य परिवारले जापानको टोकियोका प्रमुख बजार क्षेत्रमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ । टोकियोको खाचिदोकीमा दुई वटा तथा चुकुसिमा, चुकुदा, हारुमी, तोयोसु र तोयोचोमा एक–एक वटा रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

शान्त तथा पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको होटलमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म विभिन्न परिकारको स्वाद लिन सकिनेछ । जन्मदिन, विवाह उत्सव, पारिवारिक जमघटलगायत कार्यक्रमका लागि समेत होटल उपयुक्त हुने सञ्चालक आचार्यले बताउनुभयो ।

होटल सञ्चालनको अवसरमा ग्राहकका लागि विशेष छुटको व्यवस्था गरिएको छ । साथै, बिहानदेखि रातिसम्म होम डेलिभरी सेवा उपलब्ध गराउने तयारी गरिएको होटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट