Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘पेन्सन पट्टा’को नयाँ गीत सार्वजनिक (भिडियो)

‘पेन्सन पट्टा’को नयाँ गीत सार्वजनिक (भिडियो)

काठमाडौँ  :

फिल्म ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक भएको छ। प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीतमा सुरज तामुको शब्द तथा सङ्गीत, गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर छ ।

गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ ।यही २६ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथा बनाएको छ । पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसङ्गबाट कथा अघि बढ्छ । वर्षौँदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सन पट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलता कथामा जोडिएका छन् ।


माओत्से गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट