Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित, खप्तड फाल्कन्स ३–० ले पराजित

एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित, खप्तड फाल्कन्स ३–० ले पराजित

ललितपुर: नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजले लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा ३–० ले पराजित गर्दै लगातार जित बटुलेको हो।

कर्णालीले ३ वटै सेट लगातार जित्ने क्रममा समान २५–१९ को स्कोरमा हरायो। कर्णालीका इरानी खेलाडी अलिरेजा अबालुच ‘प्लेअर अफ द म्याच’ घोषित भए। कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ ले पराजित गरेको थियो। लगातार दोस्रो जितपछि कर्णाली ६ अंक सहित दोस्रो स्थानमा छ। खप्तडले भने लगातार दोस्रो हार बेहोरेको छ। खप्तडले पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग पनि सोझो सेटमै हारेको थियो।

यसअघि सोमबार भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले काठमाडौं रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जित दर्ता गरेको थियो। एनभीएलमा सोमबार पनि २ वटा खेल हुँदैछ। पहिलो खेलमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किंग्स तथा अर्को खेलमा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ। केडिया ग्रुपको आयोजनामा भइरहेको लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट