काठमाडौंः मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमा अलआउट गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो। मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए।
विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए। ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij