Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीमा मृत्यु भएकाहरूको सम्झनामा देवघाटमा श्रद्धाञ्जली

रसुवा बाढीमा मृत्यु भएकाहरूको सम्झनामा देवघाटमा श्रद्धाञ्जली

 

चितवन :  रसुवा जिल्लामा आएको भीषण बाढीमा परी मृत्यु भएकाहरूको सम्झनामा मंगलबार चितवनको भरतपुर–१, देवघाटस्थित जंगलमा श्रद्धाञ्जली अर्पण गरिएको छ।
चितवनमा बाढीका कारण फेला परेका शवहरू व्यवस्थापन गरिएको स्थलमा पुगेर जिल्लाबासीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली अर्पणका लागि आह्वान गरेपछि जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण दीप प्रज्वलनसहित देवघाट पुगेका थिए।
बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबारसम्म चितवनमा ३४८ वटा शव संकलन गरिएको छ। संकलन गरिएका शवमध्ये ३३५ वटा शव देवघाटस्थित जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
बाढीपछि चितवनका विभिन्न नदी तथा तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेकाले खोज, पहिचान तथा व्यवस्थापनको कामसमेत निरन्तर भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट