काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक बस्न लागेको हो।
बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ। बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको नेता मिन विश्वकर्माले जानकारी दिए।
बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ। आजको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला शेखर कोइराला भने आफूपक्षीय नेताहरुसँग छुट्टै संवाद गरिरहेका छन्।
पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला संस्थापन पक्षले महाधिवेशन प्रकृया अघि बढाएपछि रोक्न माग गर्दै इतर पक्ष अदालत गएको थियो।
अदालतले महाधिवेशन प्रकृया रोक्न आदेश नदिएपछि छुट्टै कार्यतालिका ल्याउन लागिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij