काठमाडौँ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रुपमा गर्न नसकेको आरोप लगाएका छन्।
सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले नेकपा एमाले राजधानी प्रदेश कमिटीबाट बाढी पीडितलाई हस्तान्तरण गरिएको दश लाखको चेक ग्रहण गर्दै उनले यस्तो आरोप लगाए।
उनले रास्वपा सांसद र मन्त्रीहरुलाई लक्षित गर्दै केहीले नागरिकलाई हप्कीदप्की गरेर फर्किने, केहीले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने टिप्पणी पनि गरे।
उनले विपद्पछि केन्द्रीय सरकारलाई खोज्नुपर्ने अवस्था रहेको टिप्पणी समेत गरे। उनले निजी क्षेत्रका हेलिकप्टरलाई उद्धारमा प्रयोग गर्न सरकारले रोक लगाएको भन्दै असन्तुष्टि समेत जनाए।
उनले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र हेलिकप्टर भएका निजी क्षेत्रलाई परिचालन गर्न दिए थप प्रभावकारी उद्धार हुनसक्ने भए पनि सरकारको त्यसतर्फ ध्यान नगएको बताए।
अध्यक्ष ओलीले सुरुङमुनि तथा अन्य जोखिमयुक्त क्षेत्रमा हेलिकप्टरबाट मात्र उद्धार सम्भव नहुने बताए। उनले पीडितलाई आफन्तको खोजी गर्नसमेत सरकारले नदिएको भन्दै आपत्ति जनाए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij