Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सप्तकोशीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २५ ढोका खोलिए

सप्तकोशीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २५ ढोका खोलिए

काठमाडौंः सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्।

हिजो साँझ गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख १० हजार ९२५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए। लगातार पानीको बहाव बढेर प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएको हो।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। 

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij