Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रसुवामा नेपाली सेनाको उद्धार अभियान, आज मात्रै ९ सय जना उद्धार

रसुवामा नेपाली सेनाको उद्धार अभियान, आज मात्रै ९ सय जना उद्धार

काठमाडौँ :  रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज साँझसम्ममा ९ सय जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ ।  

टिमुरे, स्याफ्रुवेशी, मैलुङ लगायतका इलाकाहरुबाट ५६ जना विदेशी नागरिक (३३ भारतिय, ४ जर्मन, १६ चिनिया, १ ओमान, २ कोरियन) सहित ९०० जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।  

यही भौ १० गतेदेखि हालसम्म नेपाली सेनाले स्थल उद्धार २०० र हवाई साधनमार्फत विदेशी नागरिक १६३ (११३ भारतिय, ४ जर्मन, २६ चिनिया, २ अमेरिकन, २ इटालिनय, १ ओमान, १५ कोरियन) सहित १९०० जना गरी २ हजार १ सय १ जनाको उद्धार गरेको छ ।  

राहत सामग्रीहरु काठमाडौँबाट त्रिशुलीसम्म स्थलमार्गबाट एवं आवश्यकता अनुसार हेलिकप्टरबाट ढुवानी गरिएको जानकारी दिँदै नेपाली सेनाले आपत्कालीन उपचार केन्द्र त्रिशूलीमा ४ सय ५६ र धुन्चेमा १ सय ५ गरी जम्मा ५ सय ६१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको जनाएको छ ।  

उक्त केन्द्रहरुबाट हालसम्म १७ सय ६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।प्रभावित जिल्लाहरुमा नेपाली सेनाको करिब ६ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य भइरहेको नेपाली सेनाको भनाइ छ।

भोलि नदी किनाराहरूमा शव खोज तथा व्यवस्थापनमा सहयोग, आपत्कालीन उपचारको निरन्तरता, मैलुङ्ग, टिमुरे र स्याफ्रुबेशी इलाकामा खोज उद्धार कार्यलाई निरन्तरता दिँदै अवरुद्ध सडक सञ्चालनमा ल्याउन खटिने योजना नेपाली सेनाको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij