Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘बाढीको पूर्वसूचना नदिएको’ आरोप चिनियाँ दूतावासद्वारा खण्डन

‘बाढीको पूर्वसूचना नदिएको’ आरोप चिनियाँ दूतावासद्वारा खण्डन

काठमाडौँ :  ‘नेपाललाई बाढीको सूचना नदिएको आरोप’को विषयमा काठमाडौंस्थित चिनियाँ दूतावासले प्रतिक्रिया दिएको छ । दूतावासले बिहीबार सामाजिक सञ्जालमार्फत चीनमाथि लागेको आरोपको खण्डन गरेको हो ।

बुधबार आएको बाढीले नेपालको मात्रै नभएर चीनतर्फ पनि उत्तिकै क्षति भएको जनाउँदै दूतावासले ‘चीनले सूचना दिएन’ भन्नु झुट भएको जनाएको छ ।

‘चीनले नेपालीपक्षलाई कुनै पूर्वसूचना नदिएका कारण नेपाली पक्षमा ठूलो जनधनको क्षति भयो भन्नु झुट हो’, दूतावासले भनेको छ, ‘चिनियाँपक्षमा भौगोलिक विपद्का कारण बाँध भत्किँदा नेपालीपक्षमा ठूलो क्षति भएको हो ।’दूतावासले अगाडि भनेको छ, ‘आरोप लगाउनुले कुनै समस्या समाधान गर्दैन । सहकार्यले जीवन बचाउँछ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट