Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चरौँदीमा बाढीले बगाएर ल्याएको लकर भेटियो, स्थानीयले प्रहरीलाई बुझाए

चरौँदीमा बाढीले बगाएर ल्याएको लकर भेटियो, स्थानीयले प्रहरीलाई बुझाए

धादिङ :   बेनिघाट रोराङ गाउँपालिका–७, चरौदीमा आज आएको बाढीमा फलामको लकर भेटिएको छ। स्थानीय सर्वसाधारणले बुधबार बाढीबाट निकालिएको उक्त लकर वडा अध्यक्ष रोशन कुमार सिलवालको रोहवरमा प्रहरीको जिम्मा लगाएका छन्। लकर कुनै बैंक, वित्तीय संस्था वा गहना पसलसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ।

लकर वा त्यसमा रहेको सामान हराएको भए सम्बन्धित बैंक, वित्तीय संस्था, गहना पसल वा व्यक्तिलाई प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्बन्धित व्यक्ति वा संस्थाले ९८१८२५५५४५ वा ९८४१६५०७६६ मा सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij