Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

पृथ्वी राजमार्ग दिउँसोसम्म सञ्चालनमा आउने

पृथ्वी राजमार्ग दिउँसोसम्म सञ्चालनमा आउने

काठमाडौंः रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं–मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम द्रुत गतिमा भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा आउने छ। 

मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ। बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको उनले जानकारी दिए। भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिनाई भइरहेको र विशेष अवस्थाबाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए। 

इन्जिनियर न्यौपानेका अनुसार सडकमा थुप्रिएको लेदो हटाउनका लागि गए रातिदेखि नै १५ वटा उपकरण प्रयोग भइरहेका छन्। गएराति १० बजेपछि पानी परेकोले काम रोकिएको र आज बिहानैदेखि ती उपकरहरूले धमाधम सडकमा थुप्रिएको लेदो पन्छाउने काम भइरहेको उनले बताए। बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्बी राजमार्गको विभिन्न स्थानमा क्षति गरेको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij