Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

गोसाइँकुण्ड घुम्न गएका गैंडाकोटका दुई युवक सम्पर्कविहीन

गोसाइँकुण्ड घुम्न गएका गैंडाकोटका दुई युवक सम्पर्कविहीन

नवलपुर :  गैंडाकोट नगरपालिका–१६, नवलपुरका दुई युवक गोसाइँकुण्ड घुम्न गएको अवस्थामा बाढीपछि सम्पर्कविहीन भएका छन्।गैंडाकोट–१६ घर भएका विशाल सापकोटा र सत्यम साँखी बुधबार बिहान आएको बाढीपछि परिवारको सम्पर्कमा नआएको जानकारी प्राप्त भएको छ। परिवारका अनुसार उनीहरूसँग पछिल्लो पटक बिहान करिब १० बजे कुराकानी भएको थियो। त्यसपछि दुवै जनाको मोबाइल फोन स्विच अफ रहेको बताइएको छ।
उनीहरू बाढी प्रभावित क्षेत्रमा रहेको आशंका भएपछि परिवारले स्थानीयवासी, सुरक्षाकर्मी, उद्धार टोली तथा सम्बन्धित निकायलाई तत्काल खोजी तथा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।
उनीहरूसँग रहेको मोबाइल नम्बर ९७१६९७८३३३ रहेको जनाइएको छ।
दुवैको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा सत्यमका बुवा सोमनाथ साँखी (९७०३३२७२८०) वा शिशिर आचार्य (९८५७०५३६६३) मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
परिवारले उनीहरू सकुशल भेटिने विश्वाससहित खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij