Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

गण्डकीमा सरकारबाट बाहिरिने एमालेको तयारी,बोलायो संसदीय दलको बैठक

गण्डकीमा सरकारबाट बाहिरिने एमालेको तयारी,बोलायो संसदीय दलको बैठक

काठमाडौं : गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ताबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दैछ। 

केहीबेरपछि बस्ने बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुमोदन गर्ने लगायतका संसदीय बोर्डका निर्णयहरुमा थप छलफल गरी निर्णय गर्ने प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन्। 

हिजो बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरुले सामूहिक राजीनामा दिन लगाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

हिजो नै बोर्डले मंगलबार नै निर्णय गरेर उपनेता लिलबहादुर थापाको नेतृत्वमा मन्त्रीहरुले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुुझाउने तय भएको थियो। तर, आज संसदीय दलको निर्णयपछि मात्र थप कदम चाल्नुपर्ने निष्कर्षमा नेताहरु पुगेका थिए। 

एमालेबाट गोविन्द नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मण पाण्डे मन्त्री छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर जाने सहमति गरेपछि गण्डकीमा पनि ढिला गरी सरकारबाट बाहिरिन लागेको हो। 

एमाले र नेकपा मिलेर पनि गण्डकीमा सरकार बन्ने स्थिति छैन। एमाले–नेकपा सरकार बन्न र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा यथावत रहन दुबैलाई राप्रपा चाहिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट